२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

काठमाडौं उपत्यकामा ग्यास पुरानै मूल्यमा बिक्री गर्न निर्देशन

बिहिवार , आश्विन १, २०८३

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा बजारीकरण गर्ने सम्पूर्ण ग्यास उद्योगहरूलाई निगमले तोकेको साविककै मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा नबढाई ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ असोज २ गते शुक्रबारदेखि लागू हुने गरी उक्त मूल्यमा ग्यास बिक्री वितरण गर्न र आफ्ना बिक्रेताहरूलाई सोही अनुसार जानकारी गराउन आग्रह गरेको हो । यसअघि भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशुली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही खण्ड कटान गरेपछि सडक अवरुद्ध भएको थियो ।

gyas

सो अवस्थामा काठमाडौं उपत्यकामा ग्यास बजारीकरण गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरूमा सिलिण्डर रिफिल गरी ट्रकहरूमार्फत वैकल्पिक मार्गबाट ल्याएर एलपी ग्यास आपूर्ति गरिरहेका थिए ।

बढी ढुवानी खर्चलाई मध्यनजर गर्दै संघले भाद्र १८ गतेको निर्णय अनुसार प्रतिसिलिण्डर साविक मूल्य २ हजार ६० मा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी जम्मा २ हजार १६५ रुपैयाँ ३८ पैसा नबढाई बिक्री वितरण गर्न अनुरोध गरेको थियो ।