२०८३, कार्तिक १६ गते

आइतवार, कार्तिक १६ गते २०८३

खुलेका उद्योग संरक्षणमा पनि सरकार केन्द्रित होस् : निशा डाँगी

मंगलवार , आश्विन १३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले बन्द उद्योग सञ्चालनमा ल्याउनेसँगै अहिले सञ्चालनमा रहेका उद्योगलाई समेत संरक्षण गर्ने नीति सरकारले लिनुपर्ने बताउनुभएको छ। आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि सरकारले अघि बढाएको पहल सकारात्मक रहेको बताउनुभयो। तर सञ्चालनमा रहेका जुट उद्योगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा पनि सरकारले आवश्यक ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

उहाँले जुट उद्योगको संरक्षणका लागि भारतसँग आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले बन्द उद्योग खोल्ने नीतिसँगै खुलेका उद्योगलाई टिकाइराख्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो।