२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

यस्तो छ आजको मौसम काठमाडौंसहित ३५ जिल्लामा बाढीको जोखिम

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार पनि देशका विभिन्न जिल्लामा बाढीको सम्भावना देखिएको जानकारी गराउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

महाशाखाका अनुसार हाल (आइतबार बिहान) देशभर अधिकांश बादल लागेको छ । कोसी र लुम्बिनी प्रदेशका केही, स्थानमा मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ । देशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । काठमाडौं, भक्तपुर, ललितपुरसहित ३५ जिल्ला र आसपासका खोला–नदीमा ठुलो बाढी आउने सम्भावना देखिएको हो ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ ।’