काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश (फूलकोर्ट) बैठक बोलाएका छन् ।
शुक्रबार बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल गर्न भनिएको छ । हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग नाम जोडिएका सूचना बाहिर आएपछि बिहीबार विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए । उनले सापकोटासँग आफ्नो कनेक्सनबारे अस्वीकार गरेका छन् ।
सर्वोच्च अदालतकै दुई न्यायाधीश हरि फुयाल र श्रीकान्त पौडेलको पनि सापकोटासँग कुराकानी भएका म्यासेज बाहिरिएका छन् । दुई न्यायाधीशले पनि छुट्टा छुट्टै विज्ञप्तिमार्फत त्यस्ता आरोपलाई अस्वीकार गरेका छन् ।
नेपाल बारले भने न्यायाधीशमाथी निस्पक्ष अनुसन्धानको माग गरेको छ । यस्तो अवस्थामा प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाएका हुन् ।