काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ–काठमाडौं रुटमा सिधा नियमित उडान सुरु गरेको छ। हिजो बुधबारबाट सुरु भएको यो नयाँ रुटको उडान मार्फत हिमालयले नेपाल र चीनबीच हवाई सम्पर्क सुदृढ गर्ने लक्ष्य राखेको बताएको छ । उद्घाटन उडान एच९–२२५ बुधबार साँझ ५स्३७ बजे काठमाडौंबाट हाङझाउका लागि उडेको थियो। हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान सुरु गरेको हो ।
काठमाडौं–हाङझाउ–काठमाडौं रुटमा अहिले सातामा दुई उडान हुने छन् । नयाँ रुटले मनोरञ्जनका लागि यात्रा गर्ने पर्यटकसँगै व्यवसायी, व्यापारिक प्रतिनिधिमण्डल, विद्यार्थी तथा सांस्कृतिक आदानप्रदानमा सहभागी यात्रुलाई पनि सेवा दिने कम्पनीले जनाएको छ ।