२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

यस्तो छ आजको मौसम ललितपुरसहित २४ जिल्लामा बाढीको जोखिम

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ललितपुरसहित २४ जिल्ला र त्यसआसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको जनाएको छ ।

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ । हरेक दिनझैँ बाढी पूर्वानुमान महाशाखाले आज मंगलबार पनि कहाँ–कहाँ बाढीको जोखिम छ भन्ने विषयमा जानकारी गराएको हो । आज राति देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका साथै सुदूरपश्चिम प्रदेशका तराई भु/भागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थान तथा मधेश प्रदेशका साथै गण्डकी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । मधेश र सुदुरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

सूचनामा भनिएको छ, आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, ललितपुर, रोल्पा, सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।