काठमाडौं । सरकारले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको हो । उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि स्वीकृत भएको छ ।
अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल ७० रुपैयाँ प्रदान गर्दै आएको छ। उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।