२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती

शनिवार , कार्तिक १, २०८३

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको हो ।

गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो । २०६६ सालदेखि भने मोटरबाटो प्रयोग गर्न थालिएको थियो ।

New Project (17).jpg

गोरखा दरबारले पठाएको काठमाडौंको जमलबाट नेपाली सेनासहितको टोलीले बसन्तपुरसम्म ल्याइपुर्‍याउँछ । सो फूलपाती हनुमानढोका भित्राएपछि दशैंको रौनक बढ्ने गर्दछ ।

फूलपातीको दिनदेखि नै दशैंको सार्वजनिक बिदा पनि सुरु हुने गर्दछ ।