२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस

बिहिवार , कार्तिक ६, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान ५ः४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ ।

हिजो बुधबारचािहँ यो समय काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.२ सेल्सियस थियो । यस हिसाबले आज काठमाडौं उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम घटेको हो । यद्यपि बुधबार बिहान ८.४५ बजेको अन्तिम मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस कायम भएको थियो ।

आजको पनि वास्तविक न्यूनतम तापक्रम सोही समयमा पुनः मापन गरिनेछ । त्यसबेला हिजोजस्तै सुरुवाती मापनमा भन्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम केही कम हुने सम्भावना हुन्छ । तर कहिलेकाहीँ पहिलेकै यथावत् रहन पनि सक्छ ।

मौसम महाशाखाले हरेक दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ । न्यूनतम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ ।

यसैबिच आज काठमाडौं उपत्यकामा मौसम सफा रहने छ । देशभरको मौसम अपडेट भने मौसम महाशाखाले अहिले बिहान ८ः४५ बजे दिनेछ ।