काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६९.८० र बिक्रीदर १७०.४७ पैसा निर्धारण गरिएको छ । आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२.८८ र बिक्रीदर २०३.६८ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८४.३७ र बिक्रीदर १८५.१० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६.३८ र बिक्रीदर १०६.८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८.२८ र बिक्रीदर १०८.७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८.८३ र बिक्रीदर ११९.१० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९.६८ र बिक्रीदर ९.७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२.७२ र बिक्रीदर २२.८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४०.३९ र बिक्रीदर ४०.५५ पैसा, कतारी रियाल एकको खरिददर ४१.६१ र बिक्रीदर ४१.७८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४.४९ र बिक्रीदर ४.५१ पैसा, युएई दिराम एकको खरिददर ४१.२८ र बिक्रीदर ४१.४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७.११ र बिक्रीदर ३७.२६ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११.४४ र बिक्रीदर ११.४९ पैसा रहेको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १५.२६ र बिक्रीदर १५.३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२.७२ र बिक्रीदर २२.८१ पैसा, हङकङ डलर एकको खरिददर १९.३३ र बिक्रीदर १९.४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९२.२४ र बिक्रीदर ४९४.१९ पैसा, बहराइन दिनार एकको खरिददर ४०१.९४ बिक्रीदर ४०३.५३ पैसा, ओमनी रियाल एकको खरिददर ३९३.७८ र बिक्रीदर ३९५.३४ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६०.१५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।