काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ ।
आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा छ । युरो १ को खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ । आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा छ ।

आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ८६ पैसा छ । आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।