काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन् ।
युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको थियो । आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा छ ।

त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा छ ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ १४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०९ पैसा छ । आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।