२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई पाँच पाँच लाख धरौटीमा रिहा

बुधवार , कार्तिक १२, २०८३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन् ।

ललितपुर जिल्ला अदालतमा उपस्थित भएका दुवै जनालाई न्यायाधीश हरिसिंह धामीको इजलासले ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुविरुद्ध एन्फाको घोटाला सम्बन्धमा अनुसन्धान गरेपछि मुद्दा चलाइएको थियो ।

तर उनीहरु फरार रहँदै आएका थिए । बुधबार अदालतमा उपस्थित भएका उनीहरुलाई थुनछेक बयानपछि अदालतले रिहा गर्न आदेश दिएको हो ।