२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

मनसुनअगाडि नै विपद् व्यवस्थापनको तयारी गर्न निर्देशन

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्टबिच आइतबार छलफल भएको छ ।

प्राधिकरणको कार्यालयमा भएको छलफलमा गृहमन्त्री सुधन गुरुङले मनसुन अगाडि नै विपद् व्यवस्थापनको तयारी सुरु गर्न निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि प्राधिकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपद् हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताएका छन् ।

कार्यकारी प्रमुख दिनेश भट्टले भने, ‘यो नियमित प्रक्रिया हो । अन्य गृहमन्त्रीहरू ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो । विपद् व्यवस्थापनका लागि हामीलाई सहज रहन भन्नुभयो ।’