२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

२०८२ सालको मदन पुरस्कार विणा जोशी र जगदम्बा श्री किरण खरेललाई दिने निर्णय

आइतवार , भाद्र २१, २०८३

काठमाडौं । मदन पुरस्कार गुठीले–२०८२ सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’लाई दिने निर्णय गरेको छ ।

साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ । मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो ।

ती उत्कृष्ट कृतिमध्ये ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार–२०८२ प्रदान गरिएको गुठीले जनाएको छ । मदन पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ ।