काठमाडौं । आज (आइतबार) सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज तोलामा दुई हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चार हजार चार सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन चार हजार तीन सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।