२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

फिल्म ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक

बिहिवार , आश्विन २९, २०८३

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक भएको छ । निर्माणपक्षले आज मल्टिस्टारर फिल्मको ट्रेलरले चलचित्रको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने छैन ।

आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिर, अर्जुन, नहकुल र सहदेव खोजिरहेको ट्रेलरमा देखिन्छ । पृथ्वीमा भइरहेको आन्दोलन, दमन, यातना, अपराध देखाइरहँदा देखिने सुन्दर युवतको आकर्षणमा स्यंम युधिष्ठिर मोहित भएका छन् । कुनै निश्चित उद्देश्य लिएर युधिष्ठिर हिँडिरहे पनि उनी बीचमा अलमलिएको देखाइएको छ ।

यसलाई बिम्व बनाएर सिनेमाले निश्चित उद्देश्यमा नपुग्दै नेतृत्व बीचमै पतन हुने गरेको वा भड्किएर पुरानै बाटो समाउने गरेको यथार्थ कथा भन्ने संकेत गरेको छ। यद्यपि, निर्माणपक्षले यसबारे केही बोलेको छैन । चलचित्रका मुख्य पात्र एकातिर पाँच पाण्डवको रुपमा पनि छन्, अर्कातिर अहिलेको समाजका पात्रका रुपमा पनि उत्रिएका यसले सिनेमा र यसका पात्रलाई रहस्मयी बनाएको छ ।

यसअघि पहिलो पोस्टरले युदिस्टिर बनेका हरिवंश आचार्य, भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन सिक्देल, नहकुल बनेका महेश त्रिपाठी र सहदेव बनेका सुशील सिटौलालाई देखाएको थियो । दोस्रो पोस्टरले द्रोपदीलाई चिनाएको थियो । ट्रेलरहमा यी पात्रसँगै सरिता गिरी पनि मुख्य भूमिकामा देखिएकी छन् । ‘पाँच पाण्डव’मा द्रोपदीको भूमिकामा इभा गिरी छिन् । उनी ट्रेलरमा युधिष्ठिर मोहित पाने पात्रमा देखिएकी छन् । 

बसन्त निरौलाको निर्देशन रहेको यो फिल्म तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुँदैछ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् ।

त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारे । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।