२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चीनले रोबोटिक्स र एआईमा विश्वकै नेतृत्व गर्दै

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । चीनले आफ्नो औद्योगिक क्षेत्रलाई पूर्णतः स्वचालित बनाउने लक्ष्यका साथ विश्वकै सबैभन्दा उन्नत रोबोटिक्स र कृतिम वौद्धिकता (एआई) प्रविधिमा लगानी तीव्र पारेको छ ।

‘मेड इन चाइना २०२५’ र ‘रोबोट प्लस’ जस्ता सरकारी रणनीतिक कार्ययोजना मार्फत चीनले परम्परागत उत्पादन क्षेत्रलाई अत्याधुनिक ‘स्मार्ट फ्याक्ट्री’मा रूपान्तरण गरिरहेको पाइन्छ । अन्तर्राष्ट्रिय रोबोटिक्स महासंघ  को हालैको तथ्याङ्कले चीनमा औद्योगिक रोबोटको प्रयोगमा अभूतपूर्व वृद्धि भएको देखाँउदछ । सन् २०१० को दशकको अन्त्यतिर चीनमा रोबोटको प्रयोग सीमित भए पनि हाल यो संख्या विश्वकै उच्च स्तरमा पुगेको छ । सन् २०२४ सम्म आइपुग्दा यो संख्या नाटकीय रूपमा बढेर ४७० पुगेको देखिन्छ ।

आर्थिक दृष्टिकोणबाट हेर्दा चीनले रोबोटिक्सको अनुसन्धान र विकासमा गर्ने खर्च विश्वमै उच्च रहेको छ । सन् २०२६ मा मात्रै चीनको लक्ष्य भनेको यस क्षेत्रमा करिब ४ सय अर्ब अमेरिकी डलर लगानी गर्ने हो । चिनियाँ उद्योगहरूमा प्रयोग भइरहेको नयाँ एआई एल्गोरिदमले उत्पादन प्रक्रियामा हुने साना त्रुटिहरूलाई ९९.९ प्रतिशत शुद्धताका साथ पहिचान गर्न सफल भएको छ । अलिबाबा र ह्वावे जस्ता प्रविधि कम्पनीहरूले मात्रै आगामी तीन वर्षमा पूर्वाधारमा थप ५३ अर्ब डलर खर्च गर्ने घोषणा गरेका छन् ।

चीनको उदेश्य सन् २०३० सम्ममा विश्वकै प्रमुख एआई हब बन्नु हो । चिँनिया सरकारले सन् २०३० सम्ममा आफ्नो एआई सम्बन्धित उद्योगहरूको कुल मूल्य १० ट्रिलियन युआन (करिब १.४ ट्रिलियन डलर) पुऱ्याउने प्रक्षेपण गरेको छ ।

विशेषज्ञहरूका अनुसार चीनले रोबोटलाई केवल मेसिनको रूपमा मात्र नभई एआईमार्फत ‘स्वयम् निर्णय लिन सक्ने’ क्षमता प्रदान गरेर चौथो औद्योगिक क्रान्तिको नेतृत्व गरिरहेको छ ।