२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आजबाट डेढ महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै नेकपा

शनिवार , कार्तिक ८, २०८३

काटमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)आजदेखि डेढ महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अभियानको उद्घाटन गरिने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

गत असोज २३ गते बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन गर्ने निर्णय पनि नेकपाले गरेको छ ।

अभियानकै क्रममा पार्टीका विभिन्न समिति तथा जनवर्गीय संगठन तथा मोर्चाहरूको समायोजनको बाँकी काम पनि सक्ने तयारी नेकको छ । अभियानकै क्रममा पार्टी सदस्यता नवीकरण तथा विस्तार, पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन हुने ज्वालाले बताए ।

‘यो अभियानमा सरकारको गलत र जनविरोधी कामको भण्डाफोर हुनेछ,’ उनले भने, ‘जनताका जायज माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि दवाव दिने तयारी हाम्रो छ ।’