काठमाडौं । धनुषामा पतिपत्नी नै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाकाका अनुसार मिथिला बिहारी नगरपालिका वडा नम्बर–३ मथिलेश्वरमा ३० वर्षीया रिनादेवी यादवको शव फेला परेको हो ।
मिथिला बिहारी नगरपालिका– ४ भरतपुर घर भएका उमेशले ससुराली घरमै गएर गएराति पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्यापछि उनले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ । रिनाको शव माइतीघरमा भेटिएको छ । घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा रिनाको शव भेटिएको छ ।
रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि ससुराली घरभन्दा करिब १ किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला भेटिएका छन् । घटनामा उमेश र रिनाका ४ वर्षीय छोरा सम्राट पनि घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
उमेश केही महिनाअघि वैदेशिक रोजगारबाट घर फर्किएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको कारण खुलेको छैन् ।