काठमाडौं । दशैँ अघि र पछि गरेर पछिल्ला १३ करोबार दिनमा नेप्से परिसूचकमा करिब १०० अंकको वृद्धि देखिएको छ । असोज १९ गतेको कारोबार दिनको तुलनामा कात्तिक ११ गते नेप्से परिसूचक ९७.३ अंकले बढेको छ ।
असोज १९ गतेको तुलनामा कात्तिक ११ गते बजारमा ४ अर्ब भन्दा बढीले कारोबार रकम बढेको छ । असोज १९ गते २५६६.७६ विन्दुमा रहेको नेप्से परिसूचक बुधबार २६६४.०६ विन्दुमा पुगेको छ । असोज १९ गते ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँको कारोबार भएको बजारमा आज ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँको कारोबार भएको छ ।
पछिल्ला १३ कारोबारमध्ये सेयर बजार १० कारोबार दिन बजार बढेको छ । नेपाल सेयर बजार लगानीकर्ता संघका अनुसार कम्पनीहरूको वास्तविक वृद्धि र बजारको स्थायित्व महत्त्वपूर्ण हुने देखिन्छ । २७०० विन्दुमा टिक्न सक्नु पनि उपलब्धि हुनेछ ।
नीतिगत सुधार र लगानीकर्ताको मनोबल बढाउन सके बजारले थप गति लिन सक्छ । अन्यथा, अहिलेको वृद्धि क्षणिक बनेर बजार पुनः २५०० विन्दुतर्फ झर्न सक्ने जोखिमसमेत रहेको छ ।