२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

लक्ष्मी सनराइज क्यापिटलले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिने

बिहिवार , आश्विन २९, २०८३

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न कम्पनीको १६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा अन्य प्रस्तावसमेत पारित गरेको छ। सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि हालका लेखापरीक्षक एन.बि.एस.एम एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको छ।

तीन दशकभन्दा लामो समयदेखि नेपालको पुँजी बजारमा सक्रिय कम्पनीले हाल करिब ७ अर्ब रुपैयाँ बराबरका सातवटा म्युचुअल फण्ड सञ्चालन गरिरहेको जनाएको छ। त्यस्तै, एक अर्ब रुपैयाँ पुँजीको लक्ष्मी सस्टेनेबल इनर्जी फण्डमार्फत दिगो ऊर्जाका क्षेत्रमा लगानी गर्दै आएको छ।