२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बोलकबोल प्राविधिक समस्याका कारण १० अर्बको ट्रेजरी बिल रद्द

मंगलवार , कार्तिक ११, २०८३

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल निष्कासन बोलकबोल प्रक्रिया स्थगित गरेको छ । ऋण व्यवस्थापन तथा सञ्चालन प्रणाली (डोम्स)मा प्राविधिक समस्या देखिएपछि कार्यालयले उक्त निर्णय गरेको हो ।

कार्यालयले यसअघि असोज ३० गते सूचना जारी गर्दै ९१ दिन अवधिको नयाँ ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणमार्फत थप ५ अर्ब रुपैयाँ जुटाउने योजना सार्वजनिक गरेको थियो । निर्धारित कार्यतालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल हुनुपर्ने थियो ।

प्रणालीमा समस्या देखिएपछि प्रक्रिया अघि बढ्न नसकेको हो । कार्यालयका अनुसार डोम्स प्रणालीमा पीएचपी लगायतका प्रविधिसम्बन्धी सुधार तथा मर्मतको काम भइरहेको छ । सूचना प्रविधि टोलीले प्रणालीमा देखिएको समस्या समाधान गर्न काम गरिरहेको छ ।